नेपाली जुत्ता घर बुटवलमा, ९ वटा ब्राण्डको शोरुम स्थापना

बुटवल । नेपाली जुत्ता घर बुटवल सञ्चालनमा आएको छ । बुटवलको डेल्टा एजुकेशन कम्प्लेक्स मीलनचोकमा नेपाली जुत्ता घर सञ्चालनमा आएको हो ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते जुत्ता घरको उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी र बुटवल उपमहानगरपालिकाका मेयर खिलराज पाण्डेले संयुक्त रुपमा जुत्ता घरको उद्घाटन गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले, नेपाली जुत्ता घरका अध्यक्ष एवं एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्याय, एसोसिएसनका उपाध्यक्ष सुरज बञ्जाडे लगायतले उक्त अवसरमा बोलेका थिए ।

जुत्ता घर बुटवलमा बिएफ डियर हिल, बिएफ स्पोर्टस, शिखर, रन, फस्ट वाल्क, क्रस रोड, टुरिष्ट, ब्ल्याक हर्स, सु ल्याण्ड, स्मार्ट गरी १० ब्राण्डको शोरुम छ । नेपाली जुत्ताहरु एउटै छानामुनी उपलब्ध गराउने उद्देश्यले नेपाली जुत्ता घर बुटवलमा स्थापना गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।

‘व्यापारिक केन्द्र बन्दै गइरहेको बुटवल क्षेत्र र आसपासका जिल्लालाई लक्षित गरी जुत्ता घर सञ्चालनमा ल्याइएको हो,’ उनले भने । फ्याक्ट्रीबाट सिधै उपभोक्तामाझ जुत्ता उपलब्ध गराइने उनले बताए । ‘सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिदको अवसर ग्राहकलाई मिल्नेछ,’ उनले भने ।

lcci
You might also like

Comments are closed.