आइपिओ ल्याउँदै नेपालीरिका होटेल, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । पूर्वी नेपालको मोरङस्थित विराटचोक अवस्थित नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ ।

होटेलले सर्वसाधारणका लागि रु.१००  अंकित दरका ५० लाख कित्ताले हुन आउने ५० करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्नेछ ।

शेयर निष्काशनका लागि नेपालीरिका होटेल लिमिटेडको तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निकट भविष्यमा साधारण शेयर निष्काशन गरिने सम्झौता भएको छ ।

नेपालीरिका होटेल लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वी नेपालमा अवस्थित विराटचोकमा रहेको नेपालीरिका होटलले १४६ वटा कोठाबाट सेवा प्रदान गरिरहेको छ । कर्पोरेट कार्यक्रमहरूको आवश्यकताहरू पूरा गर्न पूर्ण रूपमा सुसज्जित छन् ।

You might also like

Comments are closed.