पोखरा । अष्ट्रेलिया तथा युके अध्ययनका लागि परामर्श दिंदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा “अष्ट्रेलिया एण्ड युके एजुकेसन इन्फोडे २०२१” हुने भएको छ । मेला आगामी चैत ४ गते बुधवार सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुनेछ । मेलामा अष्ट्रेलिया तथा युकेका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्नेछन् । सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी विद्यार्थीले प्राप्त गर्नेछन् ।
सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट हुने नेप्कम्सका संचालक सन्तोष शहीले जानकारी दिए । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस, पिटिइ गर्न चाहेमा ३०% डिस्काउण्ट अफरको पनि व्यवस्था गरेको शाहीले बताए ।
मेलामा सहभागी हुने विद्यार्थीलाई उपाहारको व्यवस्था गरिएको छ । प्लस टु, व्याचलर तथा मास्टर पास गरेका विद्यार्थीले एजुकेशन इन्फोडेमा भाग लिन सक्नेछन् । विशेष गरी अष्टे«लिया तथा युके जान चाहने विद्यार्थी मेलामा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्ने शाहीले जानकारी दिए । अष्ट्रेलिया तथा युकेमा अध्ययन पछाडी काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि मेलामा जानकारी गराइनेछ ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस र पिटिइ तयारी कक्षाका साथै अष्टे«लिया लगायत युके, क्यानाडा, अमेरिका, न्यूजिल्याण्ड, जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेको छ । अष्ट्रेलिया लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि युनिस्टार हो ।
अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, वुटवल, धरान र काठमाडौंमा शाखा कार्यालय छन् । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि नेप्कम्सले सहयोग गर्दै आइरहेको छ । अध्ययन पश्चात् पिआरको लागि पनि नेप्कम्स् सर्भिसेज अष्टे«लियाले सहयोग गर्छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।




Comments are closed.