काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार परिसूचक (नेप्से) अन्तिम कारोबार दिन शुक्रबार भने सामान्य सुधार भएको छ । आज नेप्से १३ दशमलव ७८ अंकले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।
आज म्युचल फण्ड बाहेक सबै समूहको सेयर बढेकोमा बीमा र विकास बैंक समूहको सेयर उच्च अंकले बढेको छ । आज दुई सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोडको कारोबार भएको छ ।
आज वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ३७ अंकले बढेर १३ सय १७ दशमलव ४८ अंकमा पुगेको छ भने, विकास बैंक समूहको सूचक ५७ दशमलव चार अंकले बढेर तीन हजार ९६ दशमलव ५० अंकमा पुगेको छ ।
जलविद्युत् समूहको सूचक २४ दशमलव पाँच अंकले बढेर दुई हजार ३८ दशमलव ७१ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक एक सय २८ दशमलव ९३ अंकले बढेर सात हजार पाँच सय ६२ दशमलव ८६ अंकमा चढेको छ ।
जीवन बीमा समूहको सूचक एक सय ३१ दशमलव ४६ अंकले बढेकामा ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघवित्त र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
Comments are closed.