सेयर बजारमा हरियाली

नेप्से झन्डै ९५ अंकले बढ्दा २ अर्ब १९ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक आज ९४.९२ अंकले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

लगानीकर्ताहरूले सेयर बजार सुधारको माग राख्दै बसेको आन्दोलन गत शुक्रबार तोडिएसँगै सेयर बजारमा सुधार देखिन थालेको हो। शुक्रबार नै नेप्से परिसूचक १३.७८ अंकले बढेको थियो।

नेप्से बढेसँगै कारोबार रकमले पनि उछाल मारेको छ । आज दुई सय ३० वटा कम्पनीको ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँद दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव पाँच अंकले बढेर १३ सय ५२ दशमलव ९८ अंकमा चढेको छ भने, विकास बैंक समूहको सूचक दुई सय ५७ दशमलव १४ अंकले बढेर तीन हजार तीन सय ५३ दशमलव ६३ अंकमा चढेको छ ।

त्यस्तै, जलविद्युत् समूहको सूचक एक सय ५६ दशमलव ९२ अंकले बढेर दुई हजार एक सय ९५ दशमलव ६३ अंकमा, निर्जीवन बीमा समूहको सूचक तीन सय ६२ दशमलव ८८ अंकमा, जीवन बीमा समूहको सूचक तीन सय ६६ दशमलव ७८ अंकले बढेर नौ हजार तीन सय ३५ दशमलव ३७ अंकमा चढेको छ ।

त्यस्तै, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन् । आज सबैभन्दा धेरै कुमारी बैंक, हिमालयन डिष्टीलरी र ङादी ग्रुप पावर कम्पनीको आठ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ ।

You might also like

Comments are closed.