रोकिएन सेयर बजारको ओरालो यात्रा !

नेप्से ११.८२ अंकले घट्दा एक अर्ब पाँच करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । नेप्से आज ११ दशमलव ८२ अंकले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाखको कारोबार भएको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको सेयर घटेकोमा आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

आज एसियन लाइफको सर्वाधिक सात करोड ३१ लाखको कारोबार भएको छ । लाइफ इन्स्यारेन्स कर्पोरेसन नेपालको पाँच करोड ४४ लाखको कारोबार भयो । आज बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकामा १४६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ३७ कम्पनीको सेयर मूल्य भने बढेको छ ।

आज बजार कारोबार भएका मध्ये सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७ दशमलव ७४ प्रतिशत तथा कृषि विकास बैंकको सेयर मूल्य ५ दशमलव १० प्रतिशले वृद्धि भएको छ ।

जनरल इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले गिरावट हुँदा युनाइटेड इर्दी मार्दी एन्ड आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४ दशमलव ७० प्रतिशतले गिरावट आएको छ ।

You might also like

Comments are closed.