सेयर बजारको ओरालो यात्रा जारी, नेप्से ४१.०१ अंकले घट्दा ३ अर्ब ३० करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) पुन ओरालो लागि रहेको छ । आइतबार १४ दशमलव ६८ अंकले घटे नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार पुनः ४१ दशमलब ०१ अंकले घटेको छ ।

दोस्रो कारोबार दिन सोमबार ४१ दशमलव ०१ अंकले घटेर २ हजार १ सय ६८ दशमलव २७ अंकमा झरेर बन्दा भएको छ ।आज कुल २५६ कम्पनीका ५७ हजार १२६वटा कारोबारबाट ८८ लाख ३६ हजार हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

आज नौ कम्पनीको कारोबार बढेकाे छ भने  २०४ कम्पनीकाे घटेकाे छ । सोमबार बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ ।

jutta mela

सोमबार कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबारको आधारमा आज  सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीकोको सबैभन्दा बढी कारोबार भएको । सोमबार युनाइटेड मर्दी जलविद्युत् कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

You might also like

Comments are closed.