काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयरमा सामान्य वृद्धि भएको छ । आइतबार सेयर बजार परिसूचक १ दशमलब ५४ अंकले बढेको हो ।
आज नेप्से १ दशमलव ५४ अंकले बढेर २ हजार ९६ दशमलब ०८ बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार २५८ कम्पनीका ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ० दशमलव ०७ प्रतिशतले बजार बढेको हो । कारोबारको आधारमा आज १०८ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रहृयो ।
आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घट्यो । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।आज आदर्श लघुवित्तको सेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको सेयर साढे आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।
Comments are closed.