काठमाडौं । बुधबार घटेको सेयर बजार बिहीबार भने बढेको छ । बुधबार ७ दशमलव १६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने १२ दशमलब ४५ अंकले बढेको छ ।
बिहीबार परिसूचक नेप्से १२ दशमलव ४५ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ६३ अंकमा पुगेर बन्द भएको छ ।आज २५७ कम्पनीका ५ ६लाख ४८ हजार २ सय १२ सेयर किनबेच हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार भने बुधबारको तुलनामा कम भएको छ । बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज कारोबारको आधारमा १५२ बढ्दा ५८ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज सबैभन्दा धेरै अपि पावर कम्पनीको ५ करोड ८६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।दोस्रोमा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Comments are closed.