काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ६०. ७७ अंकले घटेको छ ।
आज ६० दशमलव ७७ अंकले घटेको नेप्से २ हजार १२१ दशमलव ८६अंकमा पुगेर रोकिएको छ ।आइतबार २ सय ५३ कम्पनीका ८१ लाख ३९ हजार ८४० सेयर किनबेच हुँदा ३ अर्ब ४ करोडको ७७ लाखभन्दा बढीको कारोबार भएको छ ।
आइतबार कुल ८ कम्पनीको मूल्य बढ्दा २०७ को मूल्य घटेको छ भने सबै उपसमूह ओरालो लागेका छन् । कारोबार रकमका आधारमा आइतबार हिमालयन डिस्टिलरी पहिलाे स्थानमा रहेकाे छ । हिमालय डिस्टिलरी कम्पनीको १४ करोडभन्दा बढीको कारोबार भएको छ।
कारोबारको दोस्रोमा ङादी ग्रुप, तेस्रोमा अपी पावर, चौँथोमा माथिल्लो तामाकोसी र पाचौँमा एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन् ।
ङादी पावरको मूल्य ६.६ प्रतिशत, हिमालय पावर पार्टनरको ६.४, खानीखोलाको ६.२, ग्रीनलाइफको ६.१ तथा बरुण र राधि पावरको मूल्य ६.१ प्रतिशत घट्यो ।
बैंकिङ २८, विकास बैंक १४१, फाइनान्स ८४, होटल तथा पर्यटन ९०, जलविद्युत ११०, जीवन बीमा ३५७, उत्पादन २२०, माइक्रोफाइनान्स १०२, निर्जीवन बीमा २३८, अन्य ३७ र ब्यापार उपसमूह ४० अंक घटे । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.४ तथा साम्लिङ पावरको ३.७ प्रतिशत बढ्यो ।
Comments are closed.