साताको सेयर समिक्षा : नेप्से २०७० दशमलव ४१ अंकमा, ८ अर्ब २५ करोडको कारोबार

काठमाडौं ।  यो साता सेयर बजार व्यापारमा खासै उत्साजनक देखिएन । यस साता जम्मा ४ दिन सेयर कारोबार भएको थियो भने सोमबार जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा भएपछि सेयर बजार बन्द भएको थियो ।

यस साता सयर बजार लगातार ओरालो लाग्नुका साथै कारोबारमा सेमत ओरालो लाग्न पुगेको छ । साता भरीनै सेयरबजार घट्दा नेप्से ११२ दशमलव ३३ अंकले तल झरेर २ हजार ७० दशमलव ४१ अंक झरेर आइपुगेको छ ।

यस साताको चार दिन सेयर बजार खुल्दा जम्मा ८ अर्ब २५ करोड २२ लाख ७३ हजार ४ सय ८४ रुपैयाँ ८८ पैसा बराबरको मात्रै सेयर कारोबार किनबेच भएका छन् ।

आइतबार सेयर बजार ६० दशमलव ८८ अंकले घट्दा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२ रुपैयाँ ९३ पैसााको कारोबा भएको छ भने मंगलबार नेप्से १६दशमलव अंकले ४० अंकले घट्दा १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रुपैयाँ ७१ पैसाको कारोबार भएको थियो । आइतबारको तुलनामा मंगलबार नेप्से कम अंकले घटेपनि कारोबार भने आइतबारको भन्दा धेरै हुन सकेन् । आइतबार ३ अर्ब भन्दा बढी कारोबार भएको सेयर बजार मंगलबार भने २ अर्ब पनि हुन सकेन ।

त्यस्तै, बुधबार सेयर बजार १३ दशमलव ९० अंक घट्यो भने १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रुपैयाँ ७९ पैसा र बिहीबार २१ दशमलव १५ अंकले सेयर बजार घट्दा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ ४५ पैसा बराबरको सेयर किनबेच भएको थियो । बुधबार र बिहीबार नेप्सेसँगै कारोबारमा पनि गिरावट आएको थियो । जसको कारण कुनै पनि दिनमा २ अर्ब कारोबार हुन सकेन ।

 

 

You might also like

Comments are closed.