काठमाडौं । केही दिन यता सेयर बजार लगातार ओरालो लागेको छ । अघिल्लो साता घटेको सेयर बजार यस साताको कारोबारको पहिलो दिन पनि सेयर बजार ओरालो नै लागेको छ ।
सोमबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव ६० अंकले घटेको छ । आज नेप्से २३ दशवलव ६० अंकले घटी २ हजार ४६ दशमलव ८१ अंकमा पुगेर बन्द भएको छ । आइतबार सार्वजनिक विदा परेको कारण सेयर बजार कारोबार बन्द भएको थियो ।
सोमबार २५८ कम्पनीका ६० लाख ९१ हजार ३ सय ५३ सेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ कारोबार भएको छ ।
आज कारोबारको आधारमा ३२ कम्पनीको मूल्य बढेको छ भने १७७ मूल्य घट्नुका साथै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, जीवन विकास लघुविक्त, एनआईसी एसिया बैंक र सानिमा बैंक त्रमशः अगाडि रहे ।
राप्ती हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । जीवन विकास लघुवित्तको सबैभन्दा धेरै ९.५ प्रतिशत घट्यो । उपकार लघुवित्तको ७ र हिमालयन डिस्टिलरीको ५ प्रतिशत मूल्य घट्यो ।बैंकिङ १०, विकास बैंक ३८, फाइनान्स १४, होटल तथा पर्यटन २७, जलविद्युत् २४, जीवन बीमा ८६, उत्पादन १६४, माइक्रोफाइनान्स १०५, निर्जीवन बीमा ६३, अन्य २२ अंक घटे । ब्यापार उपसमूह भने ९ अंक बढ्यो ।
Comments are closed.