फेरि घट्यो ५७.७४ अंकले सेयर बजार, २ अर्ब ५२ करोडको कारोबार

काठमाडौं ।  बुधबार बढेको सेयर बजार बुधबार फेरि ओरालो लागेको छ । बुधबार ३३ दशमलव ५७ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ५७ दशमलव ७४ अंकले घटेको हो ।

आज नेप्से ५७ दशमलव ७४ अंकले घटी २ हजार २२ दशमलव ६४ बिन्दुमा पुगेर बन्द भएको हो ।बिहीबार २६० कम्पनीका ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १ अर्ब ८० करोड ३२ लाख ८४ हजार भन्दाबढी कारोबार थियो । बुधबारको तुलनामा बिहीबार नेप्सेपरिसूचक घटेपनि कारोबार भने बढेको छ ।

आजको कारोबारको आधारमा १४ कम्पनीको मूल्य बढ्दा २०३ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहयो । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । आज छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँको कारोबार भएको छ ।

आज ३९ कम्पनीको मूल्य १० प्रतिशतले ओरालो लाग्यो।नेपाल हाइड्रो पावर र सामलिङ पावरको सेयर मूल्य ४ प्रतिशत बढिले बढ्यो।कारोबारमा आएका १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक ९.५४ प्रतिशतले घट्यो।

You might also like

Comments are closed.