काठमाडौं । आइतबार सामान्य बढेको सेयर बजार सोमबार फेरि घटेको छ । आइतबार ४ दशमलव ५५ अंकले बढेको नेप्सेपरिसूचक सोमबार भने ३ दशमलव ६५ अंकले घटेको हो ।
आज नेप्से ३ दशमलव ६५ अंकले घटी २ हजार २३ दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा नेप्से परिसूचक र कारोबार दुबै घटेको छ ।
सोमबार २५९ कम्पनीका ५१ लाख २० हजार ८ सय ८८ सेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३ सय ६५ रुपैयाँ कारोबार भएको छ । आइतबार २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ७ रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारको आधारमा ७१ कम्पनीको सेयरको मूल्य बढ्दा १२५ कम्पनीको सेयरको मूल्य घट्यो भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहयो । बैंकिङ १, विकास बैंक १३, फाइनान्स २८, जलविद्युत् ७, जीवन बीमा ८, उत्पादन २३, माइक्रोफाइनान्स ३९ अंक घटे ।
निर्जीवन बीमा ७, अन्य ११, ब्यापार १२ र होटल उपसमूह ४३ अंक बढे ।स्वाभिमान लघुवित्तको मूल्य ९.७ प्रतिशत तथा सामलिङ पावरको ९.३ प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सीको ७.९, उपकार लघुवित्तको ७.२ तथा ओरियन्टल होटलको मूल्य ६.५ प्रतिशत बढ्यो ।
आज हिमालयन डिष्टिलरीको धेरै कारोबार भएको छ।उक्त कम्पनीको ६ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो। दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Comments are closed.