सेयर बजारको ओरालो यात्रा जारी, नेप्से ३.६१ अंकले घट्दा १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । सोमबार ३ दशमलब ६५ अंकले घटेको नेप्से परिसूचक मंगलबार पनि पुनः नेप्से ३ दशमलव ६१ अंकले घटेको हाे ।

आज नेप्से ३ दशमलव ६१ अंकले घटी २ हजार १९ दशमलव १७ विन्दुमा पुगेर बन्द भएको छ ।  मंगलबार नेप्से परिसूचक र कारोबार दुबै घटेको छ । मंगलबार २६१ कम्पनीका ३८ लाख ५८ हजार ४ सय ४२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५सय १५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३ सय ६५ रुपैयाँ कारोबार भएको थियो । आज कारोबारको आधारमा ८८ कम्पनीको सेयरको मूल्य बढ्दा ११८ कम्पनीको सेयरको मूल्य घट्यो भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

सबैभन्दा धेरै आज युनिभर्सल पावर कम्पनी लिमिटेडको भएको छ । जसको आज ७ करोड ५५ लाख ११ हजार बराबरको कारोबार भएको छ ।

 

 

You might also like

Comments are closed.