सेयर बजारमा उच्च अंकको गिरावट, १ अर्ब ३९ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेको हो । नेप्से आज ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ विन्दुमा पुगेर रोकिएको छ ।

आइतबार २ सय ५९ कम्पनीका ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ लाख रुपैयाँ बजारबरको कारोबार भएको छ ।

कारोबारको आधारमा आज १८ कम्पनीका सेयर मूल्य बढ्दा १९६ कम्पनीका सेयर मूल्य घट्दा  २ कम्पनीको मूल्य स्थिर रहयो । आजआज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको कारोबार भएको छ । सो कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको सयर किनबेच भएको हो ।

दोस्रोमा शिवम् सिमेन्ट कम्पनीको कारोबार भएको छ । सो कम्पनीको ५ करोड ४८ लाख बराबरको कारोबार भएको छ ।कारोबारमा आएका १३ उपसमूहको सूचक नकारात्मक छन्।

यस्तै आदर्श लघुवित्तीय वित्त र खप्तड लघुवित्त वित्तीयको मूल्य ७ प्रतिशत बढिले घटेको छ ।आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर साढे ७ प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.