आज नेप्से २२.६५ अंकको बढ्यो, १ अर्ब २९ करोडको कारोबार

काठमाडौं । आइतबार घटेको सेयर बजार सोमबार भने बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२ दशमलव ६५ अंकले बढेको हो ।आइतबारको तुलनामा नेप्से परिसूचक र कारोबार दुबै बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलब ६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलब ०६ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार२५८ कम्पनीका ५२ लाख ५५ हजार ८९ कित्ता सेयर कारोबार हुँदा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज १७८ कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घट्नुको साथै ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

jutta mela

कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक संस्थापक, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको आज ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२ रुपैयाँ कारोबार भएको छ ।

युनिक नेपाल लघुवित्तको मूल्य भने १० प्रतिशत बढेको छ । न्यादी हाइड्रोको ७.७, नयाँ सारथी लघुवित्तको ६ तथा मानुसी लघुवित्तको ५.६ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो ।

बैंकिङ ५.५, विकास बैंक ६२, फाइनान्स २६, होटल तथा पर्यटन ६१, जलविद्युत् ५६, जीवन बीमा ९४, उत्पादन ३६, माइक्रोफाइनान्स १५ निर्जीवन बीमा ८३, अन्य २८ र व्यापार उपसमूह ९८ अंक बढे ।

 

 

You might also like

Comments are closed.