सेयर बजारकाे उकालो यात्रा कायमै, नेप्से १२.४१ अंकले बढ्दा १ अर्ब ४४ करोडको कारोबार

काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारकाे उकालो यात्रा कायमै रहेको छ । । सोमबार १७ दशमलव ७० अंकले बढेको नेप्सेपरिसूचक मंगलबार पनि पुनः १२ दशमलव ४१ अंकले बढेको छ ।

मंगलबार नेप्से १२ दशमलव ४१ अंकले बढेर १ हजार ९ सय १८ दशमलव ४१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।आज २५८ कम्पनीका ४०लाख ७७ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार बराबरको रकम कारोबार भएको छ ।

सोमबार १ अर्ब ३८ करोड २७ लाख ६७ हजार बराबरको रकम कारोबार भएको थियो । सोमबारको तुलनामा नेप्सेपरिसूचक हिजोको भन्दा कम बढेपनि कारोबार भने बढेको देखिन्छ ।

कारोबारको आधारमा आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको सेयर मूल्य घट्नुको साथै ७ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

आज कारोबारको आधारमा सबै भन्दा बढी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ६ करोड १५ लाख बराबरको कारोबार भएको छ ।

आज सुपरमाइ हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत, एशियन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

You might also like

Comments are closed.