आज नेप्से परिसूचक २० अंकले घट्यो, १ अर्ब २० करोडको कारोबार

काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ओरालो लागेको छ । बिहीबार घटेको सेयर आइतबार पनि नेप्सेपरिसूचक २० अंकले घटेको हो ।

आइतबार नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ५५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज २६० कम्पनीका ३७ लाख ८७ हजार २ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ७१ लाख लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा आज २३ कम्पनीको सेयर मूल्य बढ्दा १८९ कम्पनीको सेयर मूल्य घट्नुको साथै ४ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

jutta mela

आज कारोबारको आधारमा सबै भन्दा बढी एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । सो बैंकको ५ करोड ५ लाखको कारोबार भएको छ ।

कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दा बढीको कारोबार गरेको छ ।

सिवम सिमेन्ट दोस्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ सूचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ ।

आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

You might also like

Comments are closed.