सेयर बजार फेरि ओरालो, नेप्से ८.३९ अंकले घट्दा ९२ करोडको कारोबार

काठमाडौं ।  बुधबार बढेको सेयर बजार बिहीबार फेरि घटेको छ । बुधबार ८ दशमलव ३९ अंकले बढेको नेप्सेपरिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से ८ दशमलव २८ अंकले घटेको छ ।

सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा पुगेर बन्द भएको छ ।आज २ सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार बराबरको रकम कारोबार भएको छ ।हिजो ८१ करोड ६० लाख ४६ हजार बराबरको रकम कारोबार भएको थियो ।

मंगलबारको तुलनामा नेप्सेपरिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।कारोबारको आधारमा कुल ४८ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीलको सेयर मूल्य घट्नुको साथै ५ कम्पनीको सेयरको मूल्य स्थिर रहृयो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो कम्पनीको ४ करोड ९२ लाखको सेयर कारोबार भएको छ ।

You might also like

Comments are closed.