नेप्से करिब साढे २३ अंक बढेर बन्द

काठमाडाैं ।  बुधबार नेप्से परिसूचक उकालो लागेको छ । नेप्से, आज करिब साढे २३ अंक बढेर बन्द भएको हो। अघिल्लो कारोबार दिन करिब साढे ३ अंक बढेर बन्द भएको थियो ।

नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ भने त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक बढेको देखिएको छ।

अघिल्लो कारोबार दिन ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको २५ हजार ६३४ पटकको कारोबारमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

jutta mela

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

You might also like

Comments are closed.