गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता

काठमाडाै । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक बढेर बन्द भएको हो ।

नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१४ अंक, फ्लोट इण्डेक्स ० .२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० .०२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन करिब डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २७३ स्टकको ३४ हजार ३३१ पटकको कारोबारमा १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ।

jutta mela

आइतबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.५६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सर्वाधिक शेयरमूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज निजीृवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८० प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक पनि यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ। आज विकास बैंक, वित्त, जलविद्यूत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको हो।

 

You might also like

Comments are closed.