३८ दशमलव ८३ अंकले घट्यो नेप्से

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अंकको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अंकमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो ।

आज दुई सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर ३६ हजार आठ सय ९३ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक सात दशमलव २८, फ्लोट सूचक दुई दशमलव ५९ र सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २० अङ्कले घटेको छ । सबै समूहका उपसूचक पनि घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय २८ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ३४ अंकले घटेको छ ।

बैंकिङ समूह १८ दशमलव ६७, विकास बैंक समूह ७० दशमलव १७, वित्त समूह ३४, होटल तथा पर्यटन समूह एक सय २५ दशमलव ७१ र जलविद्युत् समूह ६१ दशमलव ८० अंकले घटेको छ ।

त्यसैगरी, लगानी समूह एक दशमलव ४८, उत्पादन तथा प्रशोधन एक सय ७२ दशमलव ९६, लघुवित्त ६३ दशमलव ०२, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार ३५ दशमलव ७३ र अन्य समूह २० दशमलव २० अंकले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर शेयर रु ३४ करोड २८ लाख १६ हजार एक सय २९ बराबरको २७ लाख ८७ हजार एक सय २३ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.