नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो ।

तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता शेयर ४१ हजार ६ सय ७९ पटक खरिदबिक्री हुँदा रू २ अर्ब तीन करोड ८१ लाख नौ सय ७७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको शेयर मूल्य घटेको छ ।

सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

jutta mela

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता शेयर किनबेच भनेको छ । रासस

You might also like

Comments are closed.