सेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं । नेपाली सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन सेयर बजार २८.६८ अंकले घटेर १९७२.०९ अंकको बिन्दुमा बन्द भएको छ । गत एक सातादेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

बैंकिङ क्षेत्र प्रति फैलिएको नकारात्मक असर, आर्थिक मन्दी लगायतको प्रभाव सेयर बजारमा निरन्तर देखिएको छ ।

बिहीबार ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किचबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

jutta mela

बिहीबार नेप्सेको सबै परिसूचकमा ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर घटेको छ । हाइड्रोपावर ६६ अंकले घट्दा विकास बैंकहरु ६३ अंकले घटेको छ ।

जोशी हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु)को सेयरमा सकारात्मक सर्किट लागेको छ ।

You might also like

Comments are closed.