तेस्रो सर्किट ब्रेकपछि आजको लागि नेप्से कारोबार बन्द

काठमाडौं । नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि तेस्रो सर्किट ब्रेक लागेर आज (बिहीबार) का लागि शेयर बजार बन्द भएको छ ।

बजार खुलेको दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । पुनः ११:२२ बजे बजार खुलेको एक मिनेटमै परिसूचक थप १ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लाग्यो र कारोबार ४० मिनेटका लागि रोकियो ।

त्यसपछि १२:०३ बजे पुनः खुलेको बजार १२:०६ बजे फेरि १ प्रतिशतले घटेपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि शेयर कारोबार पूर्ण रूपमा बन्द भएको हो ।

You might also like

Comments are closed.