नेप्से खुल्नेबित्तिकै सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरु भएको एक मिनेटमै सकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु हुनेबित्तिकै नेप्से ४ प्रतिशतले बढ्दै १०८।६० अंकले उकालो लागेको हो । यससँगै नेप्से सूचक २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ ।

कारोबारको सुरुमा करिब १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

४ प्रतिशतको वृद्धि भएसँगै नियमानुसार बजार २० मिनेटका लागि बन्द गरिएको छ । कारोबार पुनः खुल्ने समयपछि मात्रै थप गतिविधि अगाडि बढ्नेछ ।

 

You might also like

Comments are closed.