मंगलबार २७.४७ अंकले बढ्यो नेप्से, ५ वटा कम्पनीको नाफामा सर्किट

काठमाडौं । राजनीतिक अस्थिरताबीच पनि नेप्सेमा आकर्षण देखिएको छ । मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बृद्धि भएर २६७१.३१ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से २७.४१ अंकले बृद्धि भएको थियो ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा कारोबार रकममा पनि बृद्धि भएको छ । मंगलबार ५ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार ४ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार १ करोड ८ लाख १९ हजार शेयर कित्ता खरिद बिक्री भएका छन् ।

मंगलबार ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल लि. (तराई) को सेयर मूल्य १० प्रतिशतले बृद्धि भएर १००६५ पुगेको छ भने रुरु जलविद्युत, युनाइटेड मोदी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य झण्डै १० प्रतिशतले बृद्धि भएको छ । समता घरेलु लघवित्तको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशत भन्दा बढी बढेको छ ।

jutta mela

विशाल बजार कम्पनीको शेयर मूल्य मंगलबार पनि १० प्रतिशतले घटेको छ । मंगलबार कारोबारमा आएका २२० कम्पनी मध्ये ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । विशाल बजार कम्पनी बाहेक अन्य कम्पनीको शेयर ०.०८ देखि २.९ प्रतिशतसम्म मात्रै घटेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको शेयर कारोबार ७६ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको भएको छ । अन्य धेरै कारोबार हुने कम्पनीहरुमा अपि पावर कम्पनी, शिवम सिमेन्ट लगायत छन् ।

 

You might also like

Comments are closed.