साताको अन्तिम कारोबार दिन १० अंकले बढ्यो नेप्से, ७ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १०.१३ अंकले बृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २६८४.०१ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.५६ अंकले मात्रै बृृद्धि भएको थियो ।

बिहीबार कारोबार रकममा पनि बृद्धि भएको छ । कारोबारमा आएका २१८ वटा कम्पनीका २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार १३ वटा कम्पनीको नाफामा सर्किट लागेको छ । बिहीबार समता घरेलु लघुवित्त र दिव्यस्वरी हाइड्रोपावरको सेयर सबैभन्दा बढी १० प्रतिशतले बृद्धि भएको छ । बिशाल बजार, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स कम्पनी, युनियन हाइड्रोपावरको शेयर मूल्य झण्डै १० प्रतिशतले बृद्धि भएको छ ।

सेन्ट्रल फाइनान्सको ९ प्रतिशतभन्दा बढी शेयर मूल्य बृद्धि हुँदा हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स फाइनान्स, घलेम्दी हाइड्रोका लगानीकर्र्ताले पनि ८ प्रतिशत भन्दा बढी कमाएका छन् । सबैभन्दा बढी रिद्दि हाइड्रोपावरका लगानीकर्ताले २.०९ प्रतिशत शेयरमूल्य गुमाएका छन् ।

You might also like

Comments are closed.