साताको पहिलो दिन नेप्सेमा छलाङ, ५४ अंकले बृद्धि हुँदा १० अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५४.२१ अंकले बृद्धि भएर नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २७३८.२९ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ तर्फ पनि ८.६४ अकं बृद्धि भइ ४८८.१४ अंकमा सूचक पुगेको छ ।

आइतबार २१४ कम्पनीका १ लाख १३ हजार ६९ पटकको कारोबारमा २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकममा पनि निकै बृद्धि भएको छ । आइतबार १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ । रुरु जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । शिखर इन्स्योरेन्स, समता लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, विशाल बजार कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी युनियन हाइड्रोवारको सेयर मूल्य ५.५ प्रतिशतले घटेको छ ।

आइतबार कारोबारमा आएको सबै सब इन्डेक्सहरुमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ क्षेत्रकोे सेयर लगानी कर्ताले कमाएका छन् ।

You might also like

Comments are closed.