काठमाडौं । नेप्से परिसूचक लगातार उकालो लागेको छ । नेप्से मंगलबार ३४.६८ अकंले बृद्धि भइ नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । मंगलबार नेप्स २७९३.९० विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिन सोमबार पनि २०.७१ अंकले बृद्धि भएर २७५९.२२ विन्दुमा पुगेर नेप्सेले नयाँ रेकर्ड बनाएको थियो ।
मंगलबार सेन्सेटिभ तर्फ पनि ४.६४ अंक बृद्धि भइ ४९७.२३ अंकमा सूचक पुगेको छ । सेन्सेटिभ तर्फ अघिल्लो दिन ४.४५ अंक बृद्धि भइ ४९२.५९ अंकमा सूचक पुगेको थियो । सोमबार कारोबारमा आएका २ सय १५ वटा कम्पनीका सेयरहरु १ लाख १५ हजार ९ सय ६१ पटक कारोबार भएका छन् ।
२ करोड ३१ लाख ३१ हजार भन्दा बढी सेयर खरिद बिक्री हुँदा मंगलबार ११ अर्ब ३५ करोड भन्दा बढीको कारोबार भएको छ । मंगलबार ३४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यसमध्ये हिमाल दोलाखा हाइड्रोपावार, समाता लघुवित्त, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, वरियन्टल होटल, सोल्टी होटल, कालिका पावर कम्पनी, मिथिला लघुवित्त, विशाल बजार, बेस्ट फाइनान्स, घलेम्दी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । अन्य २३ वटा कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।
मंगलबार कारोबारमा आएका १३ वटा सबइन्डेक्स मध्ये म्यानुफयाक्चर र प्रोडक्सन बाहेक सबैमा हरियाली छाएको छ । मंगलबार सबैभन्दा बढी एनटिसीको सेयर मूल्य १.०७ अंकले र अपर तामाकोशीको मूल्य १.०६ प्रतिशतले घटेको छ । अन्य २० कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा कम मात्रै घटेको छ । सेयर कारोबारमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । निशेधाज्ञाका कारण लगानीकर्ताले घरघरमै बसेर अनलाइनमार्फत सेयर खरिदबिक्री गरिरहेका छन् । मंगलबार सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ६७ करोड ९३ लाख सेयर कारोबार भएको छ ।
Comments are closed.