नेप्सेमा झण्डै १५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा कारोबारको नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

नेप्सेमा भने सामान्य करेक्सन आएको छ । १.२ अंकले करेक्सन हुँदा नेप्से परिसूचक २८१५.४ विन्दुमा कारोबार बन्द भएको छ । सेन्सेटिभ तर्फ ०.२८ अंकले मात्र गिरावट आएको छ । बिहीबार बैंकिङ, होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स, जीवन बिमा र इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ट्रेडिङ, विकास बैंक, हाइड्रो, फाइनान्स, नन लाइफ, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्डको सेयर मूल्य भने बढेको छ ।

बिहीबार २० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, खानी खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अन्य १७ वटा कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी समता लघुवित्तको ५.२३ प्रतिशत र मेरो लघुवित्तको ५.०६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार सबैभन्दा बढी अफी पावरको ४३ करोड कित्ता सेयर खरिद बिक्री भएको छ ।

You might also like

Comments are closed.