नेष्डो समृद्ध लघुवित्तको बढ्यो २.६४ प्रतिशतले खुद नाफा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड २ लाख नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा  ११ करोड २ लाख नाफा आर्जन गरेको हो ।

गत वर्ष सोही अवधिमा लघुवित्तले १० करोड ७३ लाख नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा गत वर्षको तुलनामा २ दशमलव ६४ प्रतिशतले खुद नाफा आर्जन गरेको छ ।

लघुवित्त समिक्षा अवधिमा खुद ब्याज आम्दानी १९ करोड ८८ लाख पुगेको छ । गत वर्ष सोही अवधिमा १८ करोड ७५ लाख खुद ब्याज आम्दानी कमाएको थियो । जस अनुसार गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६ प्रतिशत वृद्धि भएको छ ।

चालू आवको  समीक्षा अवधिमा जगेडामा कम्पनीले  ६४ करोड ४५ लाख सञ्चित गरेको छ ।कम्पनीको प्रति सेयर आम्दानी ८६ दशमलव ४५ रहेको छ।त्यस्तै, तरलता अनुपात १६ दशमलव ८४ प्रतिशत र प्रतिसेयर नेटवर्थ ३५२ दशमलव ७७ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रहेको छ । त्यस्तै कम्पनीले २ अर्ब ५९ करोड निक्षेप संकलन गरेर ४ अर्ब ५६ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.