कसरी बढाउन सकिन्छ दूधको खपत ?

कृषि तथा पशुपालन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि नेपालमा दूधको खपत बढाउनुपर्ने तर्क आउने गरेको छ । स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको सेवा उपयुक्त रहेकाले पनि दूधको सेवन बढाउनुपर्ने सरोकारवालाहरु बताउँछन् । नीतिगत निर्णय गरेमा सरकारले तत्काल दूधको खपत बढाउन सक्ने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको खाना तथा खाजामा माछा, मासु, अण्डाको व्यवस्था अनिवार्य छ । प्रहरी तथा सेनाको खानाको परिकारमा दूधको सेवनलाई पनि अनिवार्य गर्न सकिन्छ । प्रोटिनको लागि राम्रो मानिने दूध सेना तथा प्रहरीका लागि राम्रो पनि हुन्छ । त्यस्तै विद्यालयको दिवा खाजामा दूधलाई अनिवार्य गर्ने व्यवस्था गर्न सकिन्छ । यी दुई निर्णय सरकारले गरेमा तत्काल दूधको खपत बढाउन सकिने हेटौंडा डेरी इन्डष्ट्रिज प्रालिका सेल्स एण्ड मार्केटिङ हेड नेत्रप्रसाद गौतम बताउँछन् । ‘सरकारले चाहेमा तत्काल दूध तथा दुग्ध जन्य पदार्थको खपत बढाउन सकिन्छ । खपत बढेको अवस्थामा किसानदेखि उद्योगी, व्यवसायीको पनि हित हुन्छ,’ उनले भने, ‘बढी भएको दूधले बजार पाउँछ ।’

अन्य सर्वसाधरण जनताले पनि दूधको सेवनमा जोड दिनुपर्छ । दूध तथा दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि फाइदाजनक भएकाले पनि यसको प्रवद्र्धन जरुरी छ । बालबालिकाले जंगफुडको साथमा दुग्ध पदार्थ सेवनमा बानि बसाल्न सकिन्छ । भान्छामा घ्यु तथा पनिरको प्रयोग बढाउन सकेमा पनि दूधको खपत बढाउन सकिन्छ ।

नेपालको लागि विदेशको बजार पनि खुल्ला छ । सरकारले नेपाली प्रडक्टलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्नुपर्छ । छुर्पी, चिज लगायतका प्रडक्ट विदेश निर्यात भएपनि जति हुनुपर्ने त्यति हुन सकेको छैन । छुर्पी, चिज लगायतलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन सकेको अवस्थामा त्यसको प्रत्यक्ष लाभ देशले लिन सक्नेछ ।

सरकारले दुग्ध पदार्थको महत्वलाई प्रवर्द्धन गर्नुपर्छ

 नेत्रप्रसाद गौतम, सेल्स एण्ड मार्केटिङ हेड, हेटौंडा डेरी इन्डष्ट्रिज प्रालि

प्रहरी तथा सेनाको खानाको परिकारमा दूधको सेवनलाई पनि अनिवार्य गर्न सकेमा दूधको खपत बढाउन सकिन्छ । प्रोटिनको लागि दूध राम्रो पनि मानिन्छ । विद्यालयको दिवा खाजामा दूधलाई अनिवार्य गर्ने व्यवस्था सरकारले गर्न सक्छ । सरकारले चाहेमा तत्काल दूध तथा दुग्ध जन्य पदार्थको खपत बढाउन सकिन्छ । खपत बढेमा किसानदेखि उद्योगी, व्यवसायी सबैको हित हुन्छ । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली दुग्धजन्य पदार्थको प्रवद्र्धन गरी निर्यात बढाउन सकिन्छ ।

दूध र दुग्ध जन्य पदार्थ भेजिटेरियनले मात्रै खाने भन्ने अवधारणाको विकास भएको छ, जुन गलत हो । सचेतनाको अभावले यस्तो धारणा विकास भएकाले स्थानीय तहसहित तीनै तहका सरकारले दूध र दुग्धजन्य पदार्थको आवश्यकता र महत्वलाई प्रवद्र्धन गर्नुपर्छ । भेज खाना तथा चाडपर्व र विशेष कार्यक्रममा मात्रै दूध र दुग्ध पदार्थ खपत हुने गरेको पाइन्छ । तर, अब हरेक कार्यक्रम तथा गतिविधिमा दूध तथा दुग्ध पदार्थलाई प्राथमिकता दिन जरुरी छ ।

स्थानीय तथा राज्य सरकारले नै फुड ह्याबिट परिवर्तन गराउन पहल गर्नुपर्छ । हामीले निजी क्षेत्रबाट पनि आफ्नो ठाउँबाट भूमिका खेल्न सक्छौं । विद्यालयमा दिवा खाजाको अवधारण आएको छ । दिवा खाजामा स्थानीय खानालाई प्रवद्र्धन गर्ने पनि भनिएको छ । स्थानीय खानामा पनि दूध र दुग्धजन्य पदार्थलाई प्राथमिकतामा राखिनुपर्छ । त्यस्तै सीमा क्षेत्रमा दूधको खपत राम्रो भएपनि त्यहाँ बाहिरबाट दोस्रो रुटबाट आएको दूधले बजार कब्जा गरेको छ । यसतर्फ पनि सरकारको विशेष ध्यान जानुपर्छ ।

lcci
You might also like

Comments are closed.