चितवनमा चाङ्गान नेभो क्यु०५ सार्वजनिक, मूल्य ५१.९९ लाख

काठमाडौं ।  चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा.लि. ले नयाँ नेभो क्यु०५ लाई चितवनमा सार्वजनिक गरेको छ। ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रीजालचोकस्थित दीपल शोरुममा विशेष टेस्ट ड्राइभमार्फत नेभो क्यु०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

नेभो क्यु०५ लाई चितवनमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष  चिरञ्जीवी सुवेदी तथा विशेष अतिथिका रूपमा CADA का अध्यक्ष इन्द्र रेग्मीको उपस्थिति रहेको थियो। कार्यक्रममा राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष  दिलीप थानेत, MAW Vriddhi का निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष  सन्दीप चटर्जी तथा MAW Vriddhi Autocorp Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत  ज्ञानेन्द्र बहादुर चन्दको समेत  उपस्थिति रहेको थियो।

नेभो क्यु०५ को Ultra भेरियन्ट विशेष मूल्य रु. ५१.९९ लाख मा बजारमा ल्याइएको छ। Changan NEVO Q05 एक कम्प्याक्ट इलेक्ट्रिक SUV हो, जसले कम्फर्ट, डिजाइन र प्रविधिमा “A Class Above” अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ।

आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको Q05 ले कम्प्याक्ट बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्दछ। यसको सेग्मेन्टकै अग्रणी २,७३५ mm ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिता ले यात्रुहरूका लागि पर्याप्त स्थान उपलब्ध गराउँछ, जसमा पछाडिको सिटमा तीन जना वयस्कले समेत आरामदायी रूपमा यात्रा गर्न सक्छन्।

पछाडिको सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन उपलब्ध छन् भने सिटहरूमा एर्गोनोमिक नौ तहको निर्माण प्रयोग गरिएको छ। Q05 मा ५४० लिटरको डुअल–लेभल बुट सहित ९० लिटरको लुकेको स्टोरेज, २९ वटा व्यावहारिक स्टोरेज स्पेस तथा ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टहरू रहेका छन्। चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ तथा पावर्ड सनसाइड पनि उपलब्ध छ।

Q05 को डिजाइन विकास क्लाउस जाइसियोरा, चाङ्गान ग्लोबल डिजाइनका भाइस प्रेसिडेन्ट तथा पूर्व Volkswagen Group का हेड अफ डिजाइनको नेतृत्वमा गरिएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन प्रोफेसनलहरू सहभागी भएका थिए।
Fuguang Design Philosophy बाट प्रेरित Q05 ले सन्तुलित अनुपात, आत्मविश्वासी रोड प्रेजेन्स तथा ०.२६५ Cd को ड्र्याग कोएफिसियन्टसहित एरोडायनामिक प्रोफाइल प्रस्तुत गर्दछ। २०२६ Golden A’ Design Award विजेता Q05 मा Digital Wing 2.0 फुल–वाइड्थ लाइटिङ सिग्नेचर, Star-Ring Matrix LED Taillights तथा प्रिमियम Semi-Hidden Door Handles रहेका छन्।

Q05 मा CATL ब्याट्री सेलहरूलाई चाङ्गानको Golden Shield Battery 2.0 प्रविधिसँग एकीकृत गरिएको छ। यसको 3C फास्ट–चार्जिङ सिस्टम ले उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्छ। १२० किलोवाटको विद्युतीय मोटर ले Q05 लाई ० देखि १०० km/h सम्म ८.१ सेकेन्डमा गति लिन सक्षम बनाउँछ। Q05 ले WLTP परीक्षणअन्तर्गत ४०५ किलोमिटर रेन्ज प्रदान गर्दछ भने ऊर्जा खपत १२.९ kWh प्रति १०० किलोमिटर रहेको छ। यसको टेक्नोलोजी प्याकेजमा १४.६ इन्चको 1080P टचस्क्रिन, अटोमोटिभ–ग्रेड MTK8675 ७-न्यानोमिटर प्रोसेसर, वायरलेस Apple CarPlay र Android Auto, तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन र ५४०-डिग्री प्यानोरामिक भ्यूइङ सिस्टम उपलब्ध छन्।

चाङ्गान अटोमोबाइल चीनका सबैभन्दा ठूला र लामो समयदेखि स्थापित अटोमोबाइल उत्पादकमध्ये एक हो र चीनका “Giant Four” प्रमुख अटोमोटिभ समूहहरूमध्ये एक हो। China South Industries Group Corporation अन्तर्गतको राज्य स्वामित्वको अटोमोबाइल उद्यमका रूपमा चाङ्गानसँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत तथा दशकौं लामो अटोमोटिभ अनुभव रहेको छ।

१०० भन्दा बढी देशमा उपस्थिति र १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोली सहित चाङ्गानले इन्टेलिजेन्ट, नयाँ–ऊर्जा तथा नेक्स्ट–जेनेरेसन मोबिलिटीको क्षेत्रमा अग्रणी शक्ति स्थापित गरेको छ।

MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब–ब्रान्डहरू Deepal, NEVO र AVATR को अधिकृत प्रतिनिधि हो। कम्पनीले नेपाली बजारमा उन्नत प्रविधि, नवीन डिजाइन तथा नेक्स्ट–जेनेरेसन मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।

अध्यक्ष दिलीप थनेतको नेतृत्वमा २०८१ सालमा स्थापना भएको राजहंस अटोमोबाइल प्रा.लि. भरतपुर–१०, चितवनमा अवस्थित छ। कम्पनीले पूर्ण रूपमा सुसज्जित शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकहरूलाई सहज बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

 

You might also like

Comments are closed.