lcci festival

नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर व्यापार व्यवसायी संघको १६औँ वार्षिक साधारणसभा मंसिर २७ गते सम्पन्न भएको छ ।साधारणसभाबाट संघको अध्यक्षमा रमेशमान शाक्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

अध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा निर्वाचित शाक्यसहित सम्पूर्ण नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरूलाई व्यवसायी समुदायले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

संघले नयाँ नेतृत्वसँगै व्यवसायीहरूको हकहित संरक्षण, व्यापार प्रवर्द्धन तथा व्यवसायीमैत्री वातावरण निर्माणमा थप सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

You might also like

Comments are closed.