नेपालमा नयाँ BMW iX2 इलेक्ट्रिक SAV सार्वजनिक

काठमाडौं ।  नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बहुप्रतीक्षित नयाँ BMW iX2 इलेक्ट्रिक SAV सार्वजनिक गरेको छ। यो नयाँ मोडलले नेपालमा विद्युतीय सवारीको क्षेत्रमा BMW को प्रतिबद्धता, प्रिमियम डिजाइन र प्रविधिमा आधारित दिगो यात्रा सुनिश्चित गर्ने दृष्टिकोणलाई झल्काउँछ।

BMW iX2 eDrive20 ले १५० kW (२०४ hp) पावर उत्पादन गर्छ, जसले ० देखि १०० किमी/घण्टा गति ८.६ सेकेन्डमा पूरा गर्न सक्छ। अधिकतम गति १७० किमी/घण्टा रहेको यस गाडीको दायरा ४३० देखि ४७५ किलोमिटर (WLTP अनुमान अनुसार) रहेको छ।

यो पाँचौं पुस्ताको BMW eDrive प्रविधियुक्त SAV हो जसले ६६.५ kWh क्षमताको हाई-भोल्टेज ब्याट्री प्रयोग गर्छ। यसले उच्च दक्षता, न्यून उर्जा खपत (१५.४ – १७.२ kWh/१०० किमी) र शून्य उत्सर्जन सुनिश्चित गर्छ। BMW iX2 मा Combined Charging Unit को माध्यमबाट ११ kW AC चार्जिङ र १३० kW DC फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। साथै, ‘थर्मल प्रि-कन्डिसनिङ’ र ‘एडभान्स्ड चार्जिङ सफ्टवेयर’ले चार्जिङ स्पीड र ब्याट्री आयु बढाउँछ।

BMW iX2 को इन्टेरियरमा Vernasca लेदर सिट, पानारामिक ग्लास रूफ, २-जोन अटोमेटिक AC, र १२-स्पिकर Harman Kardon साउन्ड सिस्टम जस्ता सुविधाहरू समावेश छन्। यस गाडीमा डायनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड, इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक, एयरब्यागहरू, र ड्राइभर-असिस्ट प्याकेज जस्ता विशेष सुरक्षा प्रविधिहरू रहेका छन् जसले सुरक्षित र तनावमुक्त यात्रा सुनिश्चित गर्छ।

लक्ष्मी प्रिमियम मोटर्सले तीनकुनेस्थित आफ्नो अत्याधुनिक शो-रूमबाट BMW का अन्य मोडलहरू जस्तै X1, X2, X3, X4, X7, iX1, iX3, 5 Series Plug-in Hybrid, X5 Plug-in Hybrid, र 7 Series उपलब्ध गराइरहेको छ।

नयाँ BMW iX2 को सार्वजनिकतासँगै, BMW ले नेपालमा प्रिमियम इलेक्ट्रिक सवारी साधनको भविष्यलाई अझ मजबुत बनाउँदैछ । जहाँ डिजाइन, प्रविधि, र वातावरणीय जिम्मेवारी एकसाथ अगाडि बढ्छन्।

You might also like

Comments are closed.