काठमाडौं । छालाको स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको समाधानका लागि आयुर्वेदिक सामाग्री उत्पादन गर्दै आएको ओखतीले काठमाडौँको सिटीसी मलमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ। नयाँ आउटलेटको उद्घाटन जीवन विज्ञान नेपालका संस्थापक गुरु भानु पराजुलीले गरे ।
१७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको ओखती साबुन हालसम्म ५० लाखभन्दा बढी ग्राहकको रोजाइ बनिसकेको छ। जडिबुटीले भरिएको यो साबुन स्वास्थ्यका लागि लाभदायी भएकाले यसको प्रयोग दिनप्रतिदिन बढ्दो छ ।
मुखधुने साबुनबाट यात्रा सुरु गरेको ओखती अहिले ग्राहकको विश्वास जित्दै स्याम्फु, तेल, सनस्क्रिन, मोइस्चराइजरलगायत कयौं आयुर्वेदिक स्वास्थ्य सामाग्री उत्पादन र बिक्री गर्दै आएको छ ।
कम्पनीका सञ्चालक शोभाकान्त बस्यालका अनुसार, निकट भविष्यमै अनलाइन सेवा सञ्चालनमा ल्याइनेछ, जसबाट स्वदेश तथा विदेशका ग्राहकहरूले सहज रूपमा ओखतीका सामाग्री अर्डर गर्न सक्नेछन् ।
ओखतीका उत्पादनहरू हाल काठमाडौँसहित देशका विभिन्न जिल्लामा रहेका आफ्ना आउटलेटहरूमा उपलब्ध छन् । थप जानकारीका लागि वेबसाइट www.okhatinepal.com.np मा अवलोकन गर्न सकिनेछ ।








Comments are closed.