नाइमा एक्सपो २०२५ मा CFMOTO/ZEEHO को नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । नेपालका लागि CFMOTO र ZEEHO को आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को अवसरमा दुई नयाँ मोडल – 300 NK र 450 SRS – लन्च गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।

साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस एक्सपोमा सहभागितामार्फत CFMOTO र ZEEHO का मोटरसाइकल तथा स्कुटर बुकिङ वा खरिद गर्ने ग्राहकहरूले “सीएफमोटो–जिहो अफरको वर्षा” अन्तर्गत आकर्षक छुट, गिफ्ट, प्रिविलेज कार्ड र विभिन्न सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

एक्सपोमा CFMOTO/ZEEHO का चर्चित मोडलहरू 250NK, 450MT र ZEEHO AE8 पनि प्रदर्शनमा रहनेछन् । साथै, 450 MT बुक वा खरिद गर्ने ग्राहकलाई रु. २५,००० बराबरको तीन विशेष एक्सेसरिज र आकर्षक MT हेलमेट समेत उपलब्ध गराइनेछ ।

कम्पनीले यसपटक आफ्नो Premium Sports Series अन्तर्गत 450 SRS र Naked Series अन्तर्गत 300 NK आधिकारिक रूपमा सार्वजनिक गर्दैछ। 450 SRS मा 449.5 CC को Twin-Cylinder, Liquid Cooled, DOHC इन्जिन रहेको छ जसले 38 KW पावर र 40 NM टर्क उत्पन्न गर्न सक्छ। यसमा Euro V+ Emission Norm, 14 लिटरको फ्यूल ट्यांक, Slipper Clutch, 6-speed Gearbox, 5 इञ्चको TFT Display, TCS र ABS जस्ता विशेषताहरू छन् ।

त्यस्तै, 300 NK मा 292 CC सिङ्गल सिलिन्डर इन्जिन, 21.4 KW पावर, 25.3 NM टर्क, Dual Channel ABS, Slipper Clutch, 12.5 लिटर फ्यूल ट्यांक, अगाडि Inverted र पछाडि Mid-Mounted Shock Absorption जडान गरिएको छ ।

एक्सपोमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् । कम्पनीले कार्यक्षमता, डिजाइन र प्रविधिमा आधारित यी नयाँ मोडलहरू नेपाली युवाहरूको रोजाइमा पर्ने विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.