‘मेरो देश, मेरै उत्पादन’ को दोस्रो चरणको अभियान प्रारम्भ

विराटनगर । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले ‘मेरो देश, मेरै उत्पादन’ को अभियान सञ्चालनमा ल्याएको छ ।

अभियानलाई जनस्तरसम्म पु¥याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर तथा राज्यमन्त्री कला घलेलाई बुधबारसंयुक्त रुपमा हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियानको आरम्भ गरेको छ ।

सो अवसरमा मेरो पहिलो रोजाइ स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधैँ लागिपर्नेछु भत्रे चारबँुदे प्रतिबद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ ।

jutta mela

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले राष्ट्रव्यापीरुपमा गत चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ भएको जानकारी दिए ।

‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई दोस्रो चरणमा प्रारम्भ हुँदा दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गरिएको छ । अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास लिइएको छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोहीअनुरुपको व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्गठन र सङ्घले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले यस अभियानको कार्यान्वयनमा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

You might also like

Comments are closed.