बुल मसिनको आधिकारिक बिक्रेता अटोवेजको कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना

काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको अटोवेज प्रालिको कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना भएको छ । बुल मसिन इन्डिया प्रा.लि.को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.ले देशभर सेवा विस्तारको क्रममा काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गरेको हो ।

सानेपास्थित ललितपुरस्थित गायत्री भवनमा स्थापना भएको कर्पोरेट कार्यालयको सोमबार एक कार्यक्रमबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, फेवा कन्स्ट्रक्सनका अध्यक्ष विष्णुप्रसाद कोइराला लगायतले उद्घाटन गरेका हुन् । काठमाडौं कर्पोरेट कार्यालय स्थापनासँगै अटोवेजको शाखा सञ्जाल ६ ठाउँमा विस्तार भएको छ ।

पोखरामा मुख्य कार्यालयसहित विरगन्ज, चितवन, बुटवल, इटहरी र दाङमा शाखा स्थापना भइसकेका छन् । बुल मसिनको सेवा विस्तारको क्रममा देशका अन्य शहरमा पनि शाखा स्थापना गरिने प्रालिले जनाएको छ । बुल मसिन इन्डियाका लागि बिगत २ वर्षदेखि अटोवेज आधिकारिक बिक्रेता रहेर काम गरिरहेको छ ।

बुल मसिनको ब्याक हो लोडर सहित निर्माण इक्यिपमेन्टहरु नेपाली बजारमा उपलब्ध छन् । अटोवेजले मसिन बिक्रीसँगै बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राख्दै सेवा प्रदान गरिरहेको सञ्चालक सन्ध्या पौडेलले जानकारी दिइन् । ‘आज हामीले काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गरी सेवा विस्तार गरेका छौं,’ उनले भनिन्, ‘देशभरका ग्राहकलाई हामीले छिटो छरितो सेवा प्रदान गर्न सक्षम हुनेछौं ।’ बुल मसिन बलियो तथा निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीहरुको रोजाईमा पर्दै आइरहेको बताउँदै उनले आगामी दिनमा पनि ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरिन् ।

बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावरदेखि १०० हर्ष पावरका ब्याकहो लोडर, लोडर, लगायत विभिन्न निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्युप्मेन्टहरु देशभरका शाखामा उपलब्ध रहेको पौडेलले जानकारी दिइन् ।

लगानी बिस्तारमा आक्रामक बन्दै अटोवेज

पोखरामा केन्द्रीय कार्यालय रहेको अटोवेजले लगानी विस्तारलाई तिब्रता दिएको छ । पोखरामा प्रधान कार्यालय रहेको प्रालिले अटोमोबाइल, सार्वजनिक यातायात, शिक्षा, पर्यटन, ऊर्जा, स्वास्थ्य, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

पोखरामा अटोबेज प्रालि, मणिपाल टिचिङ अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेजमा प्रालिको लगानी छ । बिगत २५ वर्षदेखि अटो ब्यबसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्री बितरण गर्दै आइरहेको छ । अटोवेज ग्रुपका अध्यक्ष नारायण प्रसाद पौडेल हुन् ।

You might also like

Comments are closed.