व्युटिपार्लर एसोसियसन गण्डकीमा बबिता कार्की, यस्तो छ नयाँ कार्यसमिति

पोखरा । व्युटिपार्लर एसोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत निर्वाचित भएकी छन् । एसोसिएसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सहसचिवमा पुष्पा पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन् ।

व्युटिपार्लर एसोसिएसन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशीर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सहकोषाध्यक्षमा प्रभा वैद्य सर्व सम्मत चयन भएका छन् । एसोसिएसन कास्कीको सदस्यहरुमा सुशीला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र निकिता गुरुङ चयन भएका छन् ।

व्युटिपार्लर एसोसिएसन लेखनाथ इकाईको अध्यक्षमा शोमा पौडेल सर्वसम्मत चयन भएकी छन् । इकाईको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सहसचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन् । सदस्यमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार चयन भए ।

अधिवेशन तथा साधारण सभाको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष तथा वरिष्ठ सौन्दर्यकर्मी चिनु गुरुङले सौन्दर्य पेशामा महिलाहरुको आकर्षण बढेको बताइन् । उद्यमशीलताको विकास तथा स्वरोजगार र रोजगारको क्षेत्रमा सौन्दर्य व्यवसायको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा व्युटिपार्लर एसोसिएसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले व्यवसायीहरु पनि समय अनुसार आफूलाई परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

lcci
You might also like

Comments are closed.