सेन्ट जर्ज स्कुलमा गुरु पूर्णिमा विशेष कार्यक्रम

काठमाडौं । सेन्ट जर्ज स्कुल हाँडीगाउँ काठमाडौंमा विविध कार्यक्रम सहित गुरु पूर्णिमा मनाइएको छ । विद्यार्थीले गुरुहरुलाई विभिन्न किसिमका उपहार दिई शुभकामना आदानप्रदानसहित गुरुहरुबाट विद्यार्थीले आशिर्वाद लिएका छन् । विद्यार्थीबाट आयोजना भएको कार्यक्रम सफल बनाउन शिक्षकहरुले पनि साथ दिएका थिए ।

गुरु पूर्णिमामा विविध कार्यक्रम आयोजना हुँदा विद्यार्थी र गुरुबीचको सम्बन्ध प्रगाढ हुने विद्यालयका प्रधानाध्यापक मेघराज बजगाई बताउँछन् । ‘गुरु र शिक्षकको सम्बन्ध भनेको नङ र मासुको जस्तै हो । एक अर्कामा अत्यन्तै घनिष्ठ सम्बन्ध हुन्छ,’ उनले भने । सो अवसरमा ‘स्पोन रेस’ प्रतियोगिता आयोजना गरिएको थियो । विद्यार्थीले शिक्षकलाई लक्षित गरी राखिएको उक्त खेलमा शिक्षकहरु अनुस्का गुरुङ प्रथम, उर्मिला काफ्ले द्वितीय र अमिता ढकाल तृतीय भएका छन् ।

सबै बालबालिकाको भविष्य सुन्दर बनाउने गुरु र असल शिक्षा ग्रहण गर्ने विद्यार्थीबीचको सम्बन्ध राम्रो बनाउनुको साथ साथै यस्ता खालका कार्यक्रमले बालबालिकाहरुलाई हाम्रो परम्परा, संस्कृति, रीतिरिवाजको बारेमा पनि राम्रोसँग बुझ्ने र बुझाउने मौका मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद दाहालले बताए ।

You might also like

Comments are closed.