प्रारम्भिक कक्षा पढाइ अनुगमन, नेपाली शुद्धसंग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि

पोखरा । प्रारम्भिक कक्षा पढाइ कास्कीका ८ वटा सामुदायिक विद्यालयको स्थलगत अनुगमन गरिएको छ । पोखरा महानगरमा ४ वटा र रुपागाँउपालिकाम ४ वटा गरि ८ विद्यालय अनुगमन गर्दा नेपाली शुद्धसंग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको पाइयो ।

सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको संचालन भैरहेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका ३८ जिल्लामा लागु गरेको थियो । कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरुवात भएको हो ।

समग्रमा उक्त कार्यक्रम प्रभावकारी बनेको इजिआर पि क्षेत्रिय कार्यलय संयोजक बखत भण्डारीले जानकारी दिए । दुइदिने अनुगमनले विद्यार्थीमा सिक्ने पढने र लेख्नेमा बौद्धिक बृद्धि भएको पाइयो, पढाइको जग बलियो बनाउने उदेश्यले गरिएको राष्«िटय कार्यक्रम हो, उपलब्धता, गुणस्तर, र सक्षमता गरि ३ कुरामा जोड दिइएको छ ।, पठनशिपको विकास भएको हामीले पायौ, उनले भने । विद्यालयमा शिक्षा सुधारका लागी स्थानिय सरकारले ध्यान दिन नसकेको अनुगमनले देखाएको उनले जानकारी गराए ।
कार्यक्रमको उपलव्धि सन्तोषजनक रहेको कास्की जिल्ला संयोजक तृप्ति चौधरीले बताइन् “कोभिडका कारण विद्यार्थीको पढाइमा असर गर्यो कि भन्ने थियो, त्यस्तो भेटिएन् व्यवस्थापन राम्रो रहेछ, । चौधरीका अनुसार विद्यार्थीको पढाइको गुणस्तरमा खस्किएको छैन ।

jutta mela

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा अधिकृत राम प्रसाद तिवारीले माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्या बढि र आधारभुत तहमा कम देखिएको बताए । स्थानिय विद्यार्थी भर्ना गर्न नसक्नु कमी कमजोरी कहाँ छन्, पहिचान गर्नुपर्यो, । कोभिडले विद्यालय संचालनमा ढिलाइ हुदा आएका समस्याहरुलाइ शिक्षकले व्यवस्थापन गर्नुपर्ने उनले बताए । पोखरा महानगरपालिकाका शिक्षा शाखा अधिकृत बद्रिनाथ सुवेदीले कोभिडका कारण विद्यालय बन्द रहदा पनि तुलनात्कम रुपमा राम्रो रहेको जानकारी दिए ।

नेपाली शिक्षाको गुणस्तरमा सुधार
नेपाली शिक्षाको गुणस्तर बृद्धिका लागि प्रारम्भिक कक्षा पढाइले महत्वपुर्ण भुमिका खेलेको इन्द्रराज्यलक्ष्मी पोखराका प्राध्यापक केशव प्रसाद अम्गाइले जानकारी दिए । विद्यालयले पुर्वधार लगायतको कक्षको सुधार शिक्षाको गुणस्तर बृद्धिका लगायतका सुधार गर्न नसके शिक्षाको गुणस्तर सुधार्न नसकिने भन्दै सवैभन्दा पहिला यि कुराहरुमा ध्यान दिएको उनले बताए ।

पोखरा १० कालिका मा.वि का शिक्षक शोमादेवी कोइरालाले विद्यार्थीमा प्रारम्भिक कक्षा पढाइले पढने बानीको विकास सगै विद्यार्थीले शुद्ध लेख्ने र पढ्ने बानीमा सुधार आएको बताइन् । “धेरै प्रभावकारी भएको छ , बच्चाहरु अनुशासन भएका छन्, पढने बानीको विकास सगै शब्द उच्चारणमा पनि निकै सुधार भएको छ , उनले भनिन् ।

उक्त कार्यक्रमले जग बाटै शिक्षा क्षेत्रको सुधारका लागि धेरै राम्रो काम गरेको र नतिजा समेत राम्रो आएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले बताए । कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षाको सम्वन्ध सुधार्ने सगै विद्यालय भर्ना अभियान, शिक्षण पद्धती, सिकाउने कला, विद्यार्थीलाई विद्यालय जानुपर्छ भन्ने भावनाको विकास सगै अन्य धेरै काममा सहयोग गरेको उनको भनाई थियो । सन २०१४ वाट कार्यक्रम सुरु भएकोमा सन २०१६ लाई आधार अध्ययन बर्ष र सन २०१८ मा मध्यावधि मुल्याङकन वर्ष मानि गरिएको अध्ययन अनुसार आधार रेखा अनुसार एक विद्यार्थीले एक मिनेटमा ४५ शब्द पढ्न सगै पढेको शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नु पर्ने हुन्छ । जसका लागी विद्यालयका प्राधानध्यापकलाइ ५ दिने र प्रारम्भिक तहका शिक्षकलाइ १० दिने तालिम र कक्षाकोठा छापामय बनाउन विद्यालयलाइ अनुदान समेत दिइएको छ ।

You might also like

Comments are closed.