विप्रेषण व्यवसाय गर्ने कम्पनी पनि गाभिन पाउने

काठमाडौं । विप्रेषण व्यवसाय गर्दै आएका कम्पनी पनि एक आपसमा गाभिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विप्रेषण व्यवसाय गर्ने कम्पनीलाई एक आपसमा गाभिएर सबल संस्था बन्न पाउने व्यवस्था गरेको हो ।

नीतिको १६५औं बुँदामा भनिएको छ, “विप्रेषण सेवा प्रदायक कम्पनीलाई थप सुदृढीकरण गर्न एक आपसमा गाभ्नरगाभिन तथा प्राप्तिमा सहभागी हुन आवश्यक व्यवस्था मिलाइने छ ।” केन्द्रीय बैंकका अनुसार आव २०७७र७८ मा विप्रेषण आप्रवाह ९।८ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ६१ अर्ब पाँच करोड बराबर पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषणको भुक्तानी गर्न समस्या भएका मुलुकमा सम्बन्धित देशका विप्रेषण कम्पनीले केन्द्रीय बैंकको एजेन्सी खातामार्फत स्थानीय मुद्रामा विप्रेषण रकम जम्मा गरी नेपाल पठाउन सकिने व्यवस्थाका सम्बन्धमा आवश्यक अधययन गरिने भएको छ ।

मौद्रीक नीतिले मनिचेञ्जर, विप्रेषक कम्पनी, होटल, ट्राभल, टे«किङ, कार्गो, एयरलाइन्सलगायत यस बैंकबाट विदेशी मुद्रा कारोबार गर्ने स्वीकृत पाएका संस्थाको विदेशी मुद्रा कारोबार अनुमतिपत्र २०७९ असारसम्म नवीरकण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.