सुनको मूल्यमा ५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु ५ सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

jutta mela

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु १ लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६१ हजार २ सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १ हजार ९५५ मूल्य निर्धारण गरेको छ ।

You might also like

Comments are closed.