कोरोना संक्रमण बढेपछि बारअनुसार सेवा

 

दमौली । कोभिड–१९ को संक्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले अब बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले यही भदौ ७ गतेदेखि बारअनुसार सेवाप्रवाह गर्न लागेको हो ।

कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था सुरु गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “कार्यालय तथा बजारमा मानिसको भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न यही भदौ ७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरूपमा सेवाप्रवाहको व्यवस्था मिलाएका छौँ”, बरालले भने ।

MANASLU

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् । बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका तथा बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका एवं शुक्रबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...