बाढी पीडितलाई नेपाली काँग्रेस अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिले नेपाली कांग्रेस केन्द्रीय समितिले स्थापना गरेको बिपत तथा राहत उद्घार कोषमा सहयोग गरेको छ । समितिले ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपा ललितपुरमा नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिका अध्यक्ष जनक बहादुर धामिले नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जिल्ला सम्पर्क तथा समन्वय विभाग प्रमुख नानु बास्तोलालाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर, नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का सभापति पुष्पराज शर्मा, नेपाल किसान महासंघका केन्द्रीय सदस्य टंक बहादुर धामी, नेपाली कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि गौरी भण्डारी, नेपाल तरुण दल केन्द्रीय सदस्य कुबेर साउद, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढा, सम्पर्क समितिका उपसभापति डम्बर भण्डारी, दुर्गा तिमिल्सिना, सीता कुवँर, सचिव भीम कुवँर, दुर्गा भण्डारी, सदस्य हर्क रावल लगायतको उपस्थिति थियो ।

बाढी पहिरो पीतिहरुको राहतमा थोरै भएपनि योगदान होस भन्ने उद्देश्यले सम्पर्क समितिले सहयो गरेको अध्यक्ष धामीले बताए । सहयोग रकम ग्रहण गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य नानू बास्तोलाले नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिले पार्टी कोषमा सहयोग गरेकोमा समितिलाई धन्यवाद दिइन् । पार्टीका सबै तह तप्काले बिपत्तिमा परेका बाढी प्रभावित नागरिकहरुलाइ आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरिन् ।

सम्पर्क समितिले असोज १८ गते आयोजना गरेको दसैं, तिहार छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरि सो कार्यक्रमको खर्च बाढी प्रभावित नागरिकहरुलाइ हस्तान्तरण गरिएको अध्यक्ष धामीले जानकारी दिए ।

You might also like

Comments are closed.