माछापोखरी र बंगुरको खोर बगाउँदा क्षति

 

कञ्चनपुर । अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शंकर साउदको माछापोखरी र बंगुरको खोर बगाएको छ ।

दुई दिनअघि आएको बाढीले माछापोखरी र बंगुरको खोर बगाउँदा ८ लाख रुपैयाँभन्दाबढीको क्षति भएको छ । खोरमा पालिएका बंगुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताए । “ऋण निकालेर माछापालन र बंगुरपालनमा लागेको थिए”, उनले भने, “बाढीले बगाएर बिजोग पारेको छ ।” बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताए ।

MANASLU

विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उनले जानकारी दिए । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।

You might also like

Comments are closed.