सिप्रदी ट्रेडिङ र BOSCH लिमिटेडबीच एफ. आई. पि.को मर्मत संभार सेवा सम्वन्धी सम्झौता

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ  प्रा. लि. र BOSCH लिमिटेडबीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका BOSCH एफ. आई. पि हरुको मर्मत तथा संभार सम्बन्धि सेवाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धि मर्मत संभारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मुल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्घतालाई थप सशक्त बनाएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा लि का उपाध्यक्ष सौरभराज थपलियाले , “ यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफ. आई. पि मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा द्यइक्ऋज् को विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्र्ने विश्वास व्यक्त गरे” । त्यसै गरि BOSCH इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामत ले यस सहकार्यको महत्वलाई उजागर गर्दै भने, “ सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ । अब सत्प्रतिसत BOSCH को जेन्यूइन पार्टस्हरुको प्रयोग गरि निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्” ।

यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ । एफ.आई.पि मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूती प्रदान गर्नका लागि कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने छ ।

lcci
You might also like

Comments are closed.